आर्थिक

अचाक्ली महंगीले कालाबजारियालाई दशैं (भिडियो रिपोर्टसहित)

२०७८ चैत २८ गते २१:०७
अचाक्ली महंगीले कालाबजारियालाई दशैं (भिडियो रिपोर्टसहित)

२८ चैत २०७८ काठमाडौं । ढाड सेक्ने गरी अचाक्ली बढेको महंगीले उपभोक्ता हैरान छन् । रुस–युक्रेन युद्धको बाहनामा बढेको महंगी स्थानीय तहको निर्वाचन नजिकिएसँगै थप अनियन्त्रित भएको छ । महंगी नियन्त्रणमा सरकार उदासिन बन्दा कालाबजारियालाई दशैं लागेको छ ।

गत वर्षसम्म डेढ सय रुपैयाँ प्रतिलिटर रहेको खानेतेल एक महिनायता निरन्तर उकालो लाक्दै तीन सयको हाराहारीमा पुगेको छ । चालीसदेखि पचास रुपैयाँ प्रतिकिलो पाउने काउली ८० देखि ९० रुपैयाँ पुगेको छ ।

त्यस्तै एक सय रुपैयाँदेखि एक सय २० रुपैयाँ किलो पर्ने कागतीको भाउ होलसेलमै पाँच सय रुपैयाँ पुगेको छ । कागतीको भाउ इतिहासकै उच्चबिन्दुमा पुगेको व्यापारीहरु बताउँछन् ।

खाने तेल, काउली लगायतका खाद्य बस्तु तथा तरकारी केही प्रतिनिधि उदाहरण हुन् । जस्ले बजार मूल्य कसरी वृद्धि भएको छ भन्ने देखाउन प्रयाप्त छन् ।

दैनिक उपभोग्य बस्तुहरु नुन, तेल, चिनी, चामल, ग्यास, इन्धन्, तरकारी, फलफूल, माछामासु लगायतका अधिकांश वस्तुको बजार भाउ अहिले छोइननसक्नु भएको छ ।

युक्रेन–रुस युद्धको बाहनामा बढेको मूल्य अहिले निर्वाचन र विलासिलताका वस्तुको आयातमा गरिएको कडाइको बाहनामा थप बढाइएको छ । ठूला व्यापारीहरुले सरकारले तरकारी तथा फलफूलको आयात रोकेको हल्ला फैलाएर मूल्य बढाएको साना व्यवसायी बताउँछन् ।

बजारमा कुनै यस्तो वस्तु पाउन मुस्किल छ, जस्को मूल्य नबढेको होस् । सामान्य मूल्य बढ्नु स्वभाविक हुन सक्थ्यो । आम्दानीले थेग्नै नसक्ने गरी बढेको मूल्यले उपभोक्ताको घाँटी निचोरिएको छ । मूल्य वृद्धिले उपभोक्ता मात्रै नभएर व्यवसायी नै आक्रान्त छन् ।

मूल्य वृद्धिको असर सबैभन्दा बढी दैनिक ज्यालादारी गर्ने मजदुर वर्ग र गरिबीको रेखामुनी रहेका नागरिकमाथि देखिएको छ । महंगी नियन्त्रण र कालाबजारियालाई कारबाही गर्ने कानुन मात्रै नभएर बजार अनुमगन गर्ने सरकारी निकाय पनि छन् । तर ती निकायहरुमा कार्यरत कर्मचारीहरु पनि यसमा जिम्मेवार देखिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *