आर्थिक

बगरमा यसरी फल्यो तरबुजा (भिडियो रिपोर्टसहित)

२०७८ चैत २८ गते १७:५७
बगरमा यसरी फल्यो तरबुजा (भिडियो रिपोर्टसहित)

२८ चैत २०७८ झापा । नेपाल–भारतको सीमावर्ती नाकामा पर्ने झापाको भद्रपुरस्थित मेची नदीमा नेपाल र भारतका किसानले वर्षौदेखि खरबुजा र तरबुजा खेती गर्दै आएका छन् । भद्रपुरको उत्तरदेखि दक्षिणसम्मको करिव २० देखि २५ विगाहामा किसानले बगरखेती गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ शान्तिटोलका आनन्द साहको आफ्नो जमिन छैन । तर साहको कमाइ भने जमिन भएकाहरुको भन्दा कम छैन । साहले नदी किनारमा खरबुजा खेती गरेर राम्रो आम्दानी गरिरहनु भएको छ ।

गत वर्ष कोरोना महामारीका कारण आनन्दले हुर्काएका खरबुजा बजारमा लगेर बेच्न पाउनु भएन । तर अहिले बजारमा तर्बुजाको माग पनि बढेको छ । जस्ले गर्दा साहको परिवारमा खुसी छाएको छ ।

भद्रपुरकै बुधुवाँ महत्तोको परिवार पनि बगरमा लटरम्म खरबुजा फलेसँगै खुसी छ । बुधुवाँ र आनन्द कात्तिकदेखि चैतको छ महिना खर्बुजाको खेती गर्नुहुन्छ ।

खरबुजा मात्रै होइन, बगरमा काँक्रो, लौका, फर्सी र टमाटर तरकारी पनि राम्ररी फल्छ । बुधुवाँ र आनन्द लगायत भूमिहीन किसानको लागि तातो बालुवाले भरिएको बगर, जीवनको सबैभन्दा सुन्दर ठाउँ बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *