आर्थिक

सजीवनबाट राम्रो आर्थिक लाभ (भिडियो रिपोर्टसहित)

२०७८ चैत २८ गते १६:५४
सजीवनबाट राम्रो आर्थिक लाभ (भिडियो रिपोर्टसहित)

२८ चैत २०७८ धनकुटा । तरकारी र अचारको रुपमा प्रयोग गरिने सजीवन अहिले आम्दानीको स्रोत बन्न थालेको छ। धनकुटाको मूलघाटका बासिन्दाले जंगल र बारीमा पाइने सजीवनबाट राम्रो आर्थिक लाभ लिन थालेका हुन् ।

पहिलेपहिले सजीवन उम्रन्थ्यो, अनि त्यत्तिकै खेर जान्थ्यो । केही वर्षदेखि भने सजीवन धनकुटाको मूलघाटका बासिन्दाका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । उनीहरु बारी तथा जंगलमा पाइने सजीवन टिपेर मूलघाट बजारमा ल्याउँछन्, अनि कोशी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई विक्री गर्छन् ।

सजीवनमा मानव शरीरलाई उपयोगी पोषक तत्व पाइन्छ । रोग प्रतिरोधक क्षमता बढाउने गुण भएको सजीवनको जराबाहेक सम्पूर्ण भाग प्रयोग गर्न मिल्छ ।

सजीवनको फल तरकारीको रुपमा खान मिल्छ भने बोक्रा, डाँठ, फूल, मुन्टा र पात, धुलो बनाएर मसलाको रुपमा भान्सामै प्रयोग गर्न सकिन्छ । खेती गर्न पनि सजिलो भएकाले धनकुटा नगरपालिका मूलघाटबासीले सजीवन खेती थालेका छन् ।

सोहिजन, सैजन, सजिउन, मुनकालगायत नामले चिनिने सजीवन गर्मी मौसममा शीतल सब्जीको रुपमा चिनिन्छ । । सजीवनमा भिटामिन ए, बी, सीसहित क्याल्सियम, पोटासियम र आइरन पाइन्छ । त्यति मात्रै होइन, सजीवनबाट साबुन स्याम्पु, क्रिम, बेकरी आइटम र जुससमेत उत्पादन गर्न सकिन्छ ।

सजीवन पानी कम भएको सुख्खा क्षेत्रमै खेती गर्न सकिन्छ । यो समुद्र सतहबाट १ हजार २०० मिटरको उचाइसम्म खेती गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *