प्रिमियर लीगमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले अंक बाँँडे

२८ चैत २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् ।
गएराति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सिटीका लागि केभिन डी ब्रुएन र ग्राबियल जिसस तथा लिभरपुलका लागि डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे ।
बराबरीसँगै सिटीले ३१ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा छ । ३१ खेलमा ७३ अंक जोडेर लिभरपुल दोस्रो स्थानमा छ ।
गएरातिकै अर्को खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ ।
लेस्टरमा जितमा एडिमोला लुकम्यान र किएर्नन ड्युजबरी हलले एक एक गोल गरे । क्रिस्टलका तर्फबाट विलफ्रेड जाहाले एक गोल फर्काए ।
जितसँगै २९ खेलमा ४० अंक जोडेको लेस्टर नवौं स्थानमा छ । क्रिस्टल प्यालेस ३१ खेलमा ३७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
गएरातिका अन्य खेलमा खेलमा नर्विच सिटीले बर्नलीलाई २–० ले र ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २–० ले नै हराएको छ ।
प्रतिक्रिया