प्रिमियर लीग फूटबलमा साउथह्याम्पटनविरुद्ध चेल्सीको फराकिलो जित

२७ चैत २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सीले फराकिलो जित निकालेको छ ।
गएराति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६–० ले हराएको हो । चेल्सीलाई जित दिलाउन मासन माउन्ट र टिमो वेर्नेरले दुई दुई गोल गरे । मार्कुस अलन्सो र काइ हार्भटेजले एक एक गोल गरे । जितसँगै तेस्रो स्थानको चेल्सीले ३० खेलमा ६२ अंक जोडेको छ ।
साउथह्याम्पटन ३६ अंकका साथ तालिकाको १३ औं स्थानमा छ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले म्यानचेस्टर युनाईटेडलाई हराएको छ ।
प्रिमियर लिग अन्तर्गत नै गएराति नै भएको अर्को खेलमा एभर्टनले युनाईटेडलाई १–० ले हराएको छ ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन एन्थोनी गोर्डोनले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै १७ औं स्थानमा रहेको एभर्टनले ३० खेलमा २८ अंक जोडेको छ । युनाईटेड ५१ अंकका साथ सातौं स्थानमा रहेको छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा आर्सनल ब्राइटनसंग २–१ ले पराजित भएको छ ।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा ब्राइडनका लागि लिन्ड्रो ट्रोसार्ड र इनोक मेयुपेउले एक एक गोल गरे ।
आर्सनलका मार्टिन ओडेगार्डले एक गोल फर्काए । जितसँगै ब्राइटनले ३१ खेलमा ३७ अंक जोडेर ११ औं स्थानमा छ । आर्सनल ५४ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया