आर्थिक

नेपाललाई श्रीलंका बनाउन चाहनेहरुको सपना पूरा हुन्नः अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २५ गते १८:४६
नेपाललाई श्रीलंका बनाउन चाहनेहरुको सपना पूरा हुन्नः अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाबीच तुलना गर्न नमिल्ने बताउनु भएको छ ।

मन्त्री शर्माले श्रीलंका र नेपालको उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको फरक रहेको र तुलना गर्न नमिल्ने दाबी गर्नुभयो । मन्त्री शर्माले अहिले केही व्यक्तिले नेपाललाई श्रीलंका बनाउन खोजे पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने बताउनु भयो ।

उहाँले विलासिताका सामान सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउनुभयो । उहाँले सरकारी नीति र नीति कार्यान्वयनमा नै समस्या रहेको स्वीकार गर्नुभयो ।

त्यस्तै मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धका कारण थप समस्या आएको दाबी गर्नुभयो । उहाँले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव पारेको बताउनु भयो ।

अर्थमन्त्री शर्माले सरकारले पछिल्लो समय अर्थतन्त्रमा देखिएका नयाँ चुनौतीलाई समाधान गर्ने गरी सरकारले नयाँ प्रविधिको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *