खेलकूद
च्याम्पियन्स लीग फूटबलमा रियल मड्रिड विजयी
२०७८ चैत २४ गते ९:२५

२४ चैत २०७८ काठमाडौं । च्याम्पियन्स लीग फुटबलको क्वार्टरफाइनलमा रियल मड्रिड विजयी भएको छ ।
क्वार्टरफाइनल अन्तर्गत पहिलो लेगमा रियलले साविक विजेता चेल्सीमाथि ३–१ को जित निकाल्यो । अवे मैदानमा रियलको जितमा तीनवटै गोल करिम बेञ्जिमाले गरे ।
बेञ्जिमाले २१औं, २४औं र ४६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । चेल्सीकातर्फबाट ४०औं मिनेटमा काई हाभर्टजले एक गोल फर्काए । दोस्रो लेग रियलको मैदानमा अप्रिल १२ तारिखमा हुनेछ ।
प्रतिक्रिया