आर्थिक

नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

हिमालय टिभी
२०७८ चैत २३ गते १५:००
नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

२३ चैत २०७८ काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

एडीबीको यो प्रक्षेपण चालू वर्षका लागि सरकारले लिएको लक्ष्यभन्दा चार प्रतिशत कम हो । सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । एडीबीको यो प्रक्षेपण गएको वर्षभन्दा सुधारिएको हो ।

एडीबीले विश्वभर कोरोना महामारीविरुद्ध चलाइएका खोप अभियानका कारण आर्थिक गतिविधिहरु विस्तारै सामान्य अवस्थातर्फ बढ्दै जाने हुँदा आर्थिक वृद्धिदर पनि विस्तारै उकालो लाग्ने प्रक्षेपण गरेको छ ।

केही समय अघिको बेमौसमी वर्षा र बाढीका कारण भएको क्षतिका कारण कृषि क्षेत्रको योगदान यो वर्ष ९ प्रतिशतले गिरावट आउने एडीबीले अनुमान गरेको छ।

उपभोक्ताको माग र लगानीमा वृद्धिका कारण उद्योगको वृद्धि पनि ४ दशमलव १ प्रतिशत रहने एडीबीको प्रतिवेदनमा उल्लेख छ। सेवा क्षेत्रमा ५ दशमलव २ प्रतिशतको वृद्धि हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *