खेलकूद

च्याम्पियन्स लीग फूटबलमा म्यानचेष्टर सिटी र लिभरपुल विजयी

हिमालय टिभी
२०७८ चैत २३ गते ७:५९
च्याम्पियन्स लीग फूटबलमा म्यानचेष्टर सिटी र लिभरपुल विजयी

२३ चैत २०७८ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

क्वार्टरफाइनलको पहिलो लेगमा सिटीले एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकालेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा केभिन डी ब्रनीको एकमात्र गोल नै निर्णायक रह्यो ।

उनले ७०औं मिनेटमा फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । दोस्रो लेग मड्रिडको मैदानमा अप्रिल १३ तारिखमा हुनेछ ।

यस्तै अर्को खेलमा लिभरपुलले बेन्फिकालाई ३–१ ले हरायो । अवे मैदानमा लिभरपुलले १७औं मिनेटमा इब्राहिमा कोनाटेको गोलबाट अग्रता लियो । लगत्तै ३४औं मिनेटमा साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारे ।

४९औं मिनेटमा बेन्फिकाका डार्बिन नुनेजले एक गोल फर्काए । त्यसपछि लुईस डायजले ८७औं मिनेटमा गोल थप्दै लिभरपुललाई ३–१ को जित दिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्