खेलकूद

आईपीएलमा लखनउ सुपर जायन्टको दोस्रो जित

हिमालय टिभी
२०७८ चैत २२ गते ७:५०
आईपीएलमा लखनउ सुपर जायन्टको दोस्रो जित

२२ चैत २०७८ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा लखनऊ सुपर जायन्टले दोस्रो जित निकालेको छ ।

आईपीएलमा गएराति लखनऊले सनराइजर्स हैदराबादलाई १२ रनले हराउँदै प्रतियोगितामा दोस्रो जित निकालेको हो । १७० रनको लक्ष्य पछ्याउँदै मैदान ओर्लेको हैदराबादले ९ विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।

हैदराबादका लागि राहुल त्रिपाठीले ४४ तथा निकोलस पुरनले ३४ रन बनाए । बलिङमा लखनऊका अवेश खानले ४, ज्यासन होल्डरले ३ तथा क्रुनल पाण्ड्याले २ विकेट हात पारे ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १६९ रन बनाएको थियो । उसका लागि कप्तान केएल राहुलले ६८ तथा दीपक हुडाले ५१ रनको अर्धशतकीय इनिंग्स खेले ।

हैदराबादका वासिंगटन सुन्दर, रोमारियो शेफर्ड र टी नटराजनले समान दुई(दुई विकेट हात पारे । आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्