खेलकूद

त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला: नेपालद्वारा पीएनजीसामु १६९ रनको लक्ष्य प्रस्तुत

हिमालय टिभी
२०७८ चैत २१ गते १४:४२
त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला: नेपालद्वारा पीएनजीसामु १६९ रनको लक्ष्य प्रस्तुत

२१ चैत २०७८ काठमाडौं । दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)लाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । मध्यम सुरुवात गरेको नेपालले १२ औं ओभरमा मात्र ३ विकेट गुमाउँदा ५ विकेटको क्षतिमा ८२ रन मात्र थियो ।

कुशल भुर्तेलले २५ रन बनाउँदा अर्का ओपनर आसिफ शेखले २९ रन जोडे । मध्येक्रममा ब्याटरहरु खासै जम्न नसक्दा दीपेन्द्रले नेपालको पाली उकासे । दीपेन्द्रले तल्लो क्रममा आएका करण केसीसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम योगफल दिलाए ।

३८ बलको सामना गरेको दीपेन्द्रले ५ चौकासहित सर्वाधिक नटआउट ५४ रन बनाए । ३५ बलमा ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रियमा दीपेन्द्रले आफ्नो करिअरको पाँचौं अर्धशतक पुरा गरे । ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गर्ने उनी पहिलो खेलाडी हुन् ।

विष्फोटक ब्याटिङ गरेका करणले १२ बलमा ५ चौका र १ छक्कासहित नटआउट ३३ रन जोडे ।

नेपाली ब्याटरमाथि दबाब बनाएको पिएनजीका सेमो कमियाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, चाद सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १(१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *