खेलकूद

आईपीएलमा साविक विजेता चेन्नईको लगातार तेस्रो हार

हिमालय टिभी
२०७८ चैत २१ गते ७:५२
आईपीएलमा साविक विजेता चेन्नईको लगातार तेस्रो हार

२१ चैत २०७८ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

मुम्बईमा गएराति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार व्यहोरेको हो । पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पा र अम्बाती रायडु समान १३ रनमा आउट हुँदा कप्तान रविन्द्र जडेजा शून्यमा आउट भए । महेन्द्र सिंह धोनीले २३ रन बनाए ।

पन्जाबका राहुल चाहरले ३ तथा लियाम लिभिङस्टोन र भैबब अरोराले २र२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३३ तथा जितेश शर्माले २६ रन बनाए ।

चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए । जितसँगै तीन खेलमा दोस्रो जित निकालेको पन्जाबले ४ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्