आर्थिक

मोरङका उद्योगमा लोडसेडिङको मार (भिडियो रिपोर्टसहित)

२०७८ चैत २० गते २०:४४
मोरङका उद्योगमा लोडसेडिङको मार (भिडियो रिपोर्टसहित)

२० चैत २०७८ विराटनगर । चर्को मूल्यवृद्धि, महँगो ब्याजदरसँगै बजारमा प्रतिष्पर्धा गरिरहेका उद्योगी अहिले नियमित विद्युत आपूर्तिको समस्याले थलिन पुगेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरु दैनिक १२ देखि १४ घण्टासम्म अघोषित लोडसेडिङ हुन थालेपछि ठूलो घाटा व्यहोर्दै आएका छन् ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा साना ठूला गरी पाँच सय ६० उद्योग संचालित छन् । त्यहाँ दुई साता यता हरेक दिन लोडसेडिङ हुने गरेको छ । दैनिक १४ घण्टासम्म हुने लोडसेडिङले उद्योगी समस्यामा छन् ।

नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेपछि उद्योगको झण्डै आधा उत्पादन कटौती भएको छ । जसका कारण उद्योगीले दैनिक ७० करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको छ ।

डिजेल र पेट्रोलको मूल्य पनि अत्याधिक हुँदा जेनेरेटरबाट उद्योग चलाउने अवस्था छैन । प्राधिकरणले विद्युत खपत वृद्धि गर्न प्रोत्साहन गरे पनि लोडसेडिङका कारण समस्या चुलिँदै गएको छ ।

आर्थिक क्षेत्र धरासायी बनेको नेपालमा उद्योग नै निर्वाध रुपमा संचालन हुन नसक्नुले अझै समस्या बढ्ने देखिन्छ । सरकारले चाँडै यो समस्या हल गरी आर्थिक क्षेत्र चलायमान बनाउन सक्रियता बढाउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *