आर्थिक

निगमले भन्यो–इन्धन सहजै पाइन्छ, अनावश्यक सञ्चिति नगरौं

हिमालय टिभी
२०७८ चैत २० गते १३:३९
निगमले भन्यो–इन्धन सहजै पाइन्छ, अनावश्यक सञ्चिति नगरौं

२० चैत २०७८ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अभाव नभएकाले अनावश्यक सञ्चिती नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

देशभरका डिपोबाट ढुवानी शुरु भएको र सजिलै पेट्रोलियम पदार्थ पाइने भएकाले उपभोक्तालाई लाइनमा बसेर पेट्रोलियम पदार्थ भर्नुपर्ने अवस्था नभएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

दुई दिन पेट्रोल ढुवानी नभएकाले अहिले केही पेट्रोल पम्पमा तेल अभाव भए पनि साँझसम्म सबै स्थानमा तेल पुग्ने निगमले जनाएको छ । पेट्रोलिय पदार्थ ढुवानी व्यवसायीहरुले शुक्रबार र शनिबार ढुवानीमा अवरोध गर्दा केही समस्या देखिए पनि विवाद समाधान भएको निगमले जनाएको छ ।

शनिबार बेलुका नेपाल आयल निगम र आन्दोलनरत ढुवानी व्यवसायीबीच सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थ ढुवानीको अवरोध खुलिसकेको छ । नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच इन्धन कमिसनमा विवाद हुँदा राजधानीका पेट्रोल पम्पहरुमा भिड बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *