खेलकूद

आईपीएलमा गुजरात टाइटन्सको दोस्रो जित

हिमालय टिभी
२०७८ चैत २० गते ७:४०
आईपीएलमा गुजरात टाइटन्सको दोस्रो जित

२० चैत २०७८ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ ।

आईपीएलमा गएराति गुजरातले दिल्ली क्यापिटल्समाथि १४ रनको जित निकालेको हो । १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४३, ललित यादवले २५ तथा रोभम्यान पावेलले २० रन बनाए । गुजरातका लोकी फर्गुसनले ४ तथा मोहम्मद सामीले २ विकेट हात पारे ।

यसअघि पुनेमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १७१ रन बनाएको थियो । उसका लागि शुभमन गिलले ८४ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै कप्तान हार्दिक पाण्ड्या ३१ रनमा आउट हुँदा डेविड मिलर २० रनमा अविजित रहे । बलिङतर्फ दिल्लीका मुस्तफिजुर रहमानले ३ तथा खलिल यादवले दुई विकेट हात पारे ।

नवप्रवेशी गुजरातले आफ्नो पहिलो खेलमा अर्को नवप्रवेशी लखनऊ सुपर जायन्टलाई हराएको थियो । आज साविक विजेता चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्