खेलकूद
प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै
२०७८ चैत २० गते ७:२२
२० चैत २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै छ ।
प्रिमियर लीग अन्तर्गत गएराति सिटीले बर्नलीमाथि २–० को सहज जित निकालेको हो । अवे मैदानमा सिटीले खेलको पाँचौ मिनेटमै केभिन डी ब्रुनीको गोलसँगै अग्रता बनाएको थियो ।
त्यसपछि उसका लागि २५औं मिनेटमा इल्के गुण्डोगानको दोस्रो गोल थपेका थिए । जितसँगै सिटीले ३० खेलबाट ७३ अंक जोडेको छ ।
लीगकै अन्य खेलमा दोस्रफ स्थानकव लिभरपुलले वाटफोर्डलाई २–० ले हराउँदा ब्रेन्टफोर्डले चेल्सीलाई ४–१ ले हरायो ।
त्यस्तै उल्फ्सले एष्टन भिल्लामाथि २–१ को जित निकाल्दा म्यानचेष्टर युनाइटेड र लेष्टर सिटी तथा साउथह्याम्टन र लिड्स युनाइटेडले ११ को बराबरी खेले । उता ब्राइटन र नर्विच सिटी गोलरहित बराबरीमा रोकिए ।
प्रतिक्रिया