खेलकूद

कतारमा हुने विश्वकप फूटबलको समूह विभाजन ड्र सार्वजनिक

हिमालय टिभी
२०७८ चैत १९ गते ७:३७
कतारमा हुने विश्वकप फूटबलको समूह विभाजन ड्र सार्वजनिक

१९ चैत २०७८ काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फूटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ ।

कतारको दोहामा गएराति एक कार्यक्रमका बीच विश्वकपको समूह चरणको समूह विभाजन सार्वजनिक गरिएको हो । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयताक्रममा राखेर ड्र गरेको हो ।

ड्र अनुसार साविक विजेता फ्रान्स समूह डी मा परेको छ । यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । प्ले अफबाट यस समूहमा युएई, अष्ट्रेलिया र पेरुमध्ये एक टोली आउने छ ।

यस्तै आयोजक कतार परेको समूह ए मा नेदरल्याण्ड, सेनेगल र इक्वेडर छन् । समूह बी मा इंग्ल्याण्ड, अमेरिका, इरान छन् भने वेल्स, युक्रेन र स्कटल्याण्ड मध्ये एक टोली प्ले अफमार्फत छानिने छ ।

समूह सी मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । उता उपाधि दाबेदार मानिएका स्पेन र जर्मनी एकै समूहमा परेका छन् । समूह ई मा स्पेन, जर्मनी र जापान छन् ।

यस्तै अर्को एक टोलीको रुपमा कोस्टारिका र न्यूजिल्याण्डबीचको विजेता आउने छ । समूह एफ मा बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानाडा परेका छन् ।

ब्राजिलसँगै समूह जी मा स्विटजरल्याण्ड, सर्बिया र क्यामरुन छन् । समूह एच मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना छन् ।

विश्वकप फुटबल आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म आयोजना हुँदैछ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्