आर्थिक

पेट्राेलियम पदार्थ अभाव हुने त्रास (भिडियो रिपोर्टसहित)

२०७८ चैत १८ गते २०:४७
पेट्राेलियम पदार्थ अभाव हुने त्रास (भिडियो रिपोर्टसहित)

१८ चैत २०७८ काठमाडौं । नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच इन्धन कमिसनमा विवाद हुँदा पेट्रोलियम पदार्थ अभाव हुने त्रास बढेको छ । यही कारण राजधानीका पेट्रोल पम्मपहरुमा भिड बढेको छ ।

व्यवसायीहरूले निगमको डिपोबाट इन्धन उठाउन छोडेपछि पम्पमा इन्धन आयात रोकिएको छ ।

पेट्रोलियम व्यवसायीले शुक्रबारबाट निगमको डिपोबाट इन्धन उठाउन छाडेका छन् । जसका कारण पेट्रोल पम्पहरुमा इन्धनको अभाव हुन थालेको हो ।

पेट्रोल र डिजेलको भाउ निरन्तर बढ्ने तर ढुवानीमार्फत आउने कमिसन नबढेको भन्दै पेट्रोलियम व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीले विक्री वितरण रोकेसँगै पेट्रोलपम्पमा लाइन बढेको छ ।

आफनो कमिसन बढाउन दबाब दिँदै ढुवानीमा नै अवरोध गर्दा उपभोक्ता मारमा परेका छन। एकातिर निरन्तर इन्धनको मूल्य बढेर मारमा परेको आम उपभोक्ता पैसा तिरेरसमेत सहज रुपमा इन्धन पाइरहेका छैनन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा आन्दोलन गरेका हुन् । लामो समयदेखि ढुवानीको कमिसन रकम नबढेको भन्दै आन्दोलन गर्दा पम्महरुमा अभाव बढेको हो ।

अत्यावश्यक सेवामा बन्द हडताल गर्न नपाईन कानून भएपनि पेट्रोलियम ढुवानी व्यवसायीको दादागिरीको कारण आम उपभोक्ता समस्यामा पर्दै आएका छन् । अर्कोतर्फ व्यवसायीको मागलाई आयल निगगले समेत सम्बोधन गर्न नसक्दा बिचौलिया हाबी हुने र जनताले सधै दुख पाउने गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *