खेलकूद

आईपीएलमा चेन्नईविरुद्ध लखनउ सुपर जायन्ट्स विजयी

हिमालय टिभी
२०७८ चैत १८ गते ७:४६
आईपीएलमा चेन्नईविरुद्ध लखनउ सुपर जायन्ट्स विजयी

१८ चैत २०७८ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले पहिलो जित निकालेको छ ।

आईपीएल अन्तर्गत गएराति नवप्रवेशी लखनऊले साविक विजेता चेन्नई सुपर किंग्सलाई ६ विकेटले स्तब्ध बनायो । २११ रनको लक्ष्य लखनऊले ३ बल अगावै ४ विकेट गुमाएर पूरा गरेको हो ।

लखनऊको जितमा क्विन्टन डिककले ६१ रन जोड्दा इभिन लेविस ५५ रनमा अविजित रहे । त्यस्तै कप्तान केएल राहुलले ४० रन बनाए । चेन्नईका ड्वेन प्रिटोरियसले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा २१० रन बनाएको थियो । उसका लागि रोबिन उथप्पाले ५०, शिवम् दुबेले ४९ तथा मोइन अलीले ३५ रन बनाए ।

बलिङमा लखनऊका अवेश खान, एन्ड्रयू ट्वे र रबि विश्नोइले समान २-२ विकेट लिए । चेन्नईको यो लगातार दोस्रो हार हो ।

चेन्नई पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग ६ विकेटले नै पराजित भएको थियो । आज कोलकाता र पञ्जाब किंग्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्