खेलकूद

आईपीएलमा कोलकाताविरुच बेंग्लोर विजयी

हिमालय टिभी
२०७८ चैत १७ गते ७:५७
आईपीएलमा कोलकाताविरुच बेंग्लोर विजयी

१७ चैत २०७८ मुम्बई । इण्डियन प्रिमियर लीग, आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ ।

आईपीएल अन्तर्गत गएराति बेंग्लोरले कोलकाता नाइट राइडर्समाथि ३ विकेटको जित निकाल्यो । १२९ रनको लक्ष्य बेंग्लोरले खेल सकिन ४ बल अघि ७ विकेट गुमाएर पूरा गरेको थियो ।

बेंग्लोरका शेरफाने रुथरफोर्डले २८ तथा शाहबाज अहमेदले २७ रन बनाए । बलिङमा कोलकाताका टीम साउथीले ३ तथा उमेश यादवले २ विकेट लिए ।

यसअघि मुम्बईस्थित डीवाई पाटील रंगशालामा टस हारेर ब्याटिङ गरेको कोलकाता १८ दशमलव ५ ओभरमा १२८ रनमा अलआउट भएको थियो ।

कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाए । बेंग्लोरका हसरंगा डिसिल्वाले ४ तथा आकाशदीपले ३ विकेट लिए ।

यसअघि आफ्नो पहिलो खेलमा बेंग्लोर पञ्जाब किंग्ससँग पराजित हुँदा कोलकाताले साविक विजेता चेन्नई सुपर किंग्सलाई हराएको थियो । आज लखनऊ सुपर जायन्ट्स र चेन्नईबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्