खेलकूद

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपाल र पपुवा न्युगिनी भिड्दै

हिमालय टिभी
२०७८ चैत १७ गते ७:५२
त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपाल र पपुवा न्युगिनी भिड्दै

१७ चैत २०७८ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलाअख नेपालले आज पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु टोली नेपालले आफ्नो तेस्रो खेलमा पीएजीसँग खेल्न लागेको हो । पीएनजीविरुद्धको खेल नेपालको ५० औं ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल पनि हो ।

नेपाल आज लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै फाइनल पुग्ने लक्ष्यमा रहनेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको थियो ।

उता यसअघिका दुबै खेलमा पराजित पीएनजी आज पहिलो जितको खोजीमा रहनेछ । अंक तालिकामा नेपाल शीर्ष स्थानमा छ ।

नेपालले दुई खेलबाट ४ अंक जोड्दा समान दुई खेल खेल्दै दोस्रो स्थानको मलेसियाको २ अंक छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल मध्यान्ह साढे १२ बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्