खेलकूद

नेपाललाई जितका लागि ११५ रनको लक्ष्य

२०७८ चैत १६ गते १४:३७
नेपाललाई जितका लागि ११५ रनको लक्ष्य

१६ चैत २०७८ काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल बनायो ।

मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे । त्यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले नौ, मुहमद अमिरले १६ तथा विजय उन्नीले तीन रनको योगदान गरे । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २÷२ विकेट लिए भने कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान १÷१ विकेट झारे ।

उक्त सिरिजमा नेपाल र मलेसियाले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेका थिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्