आर्थिक

फागुनसम्ममा १२.१६ प्रतिशत मात्र पूँजिगत खर्च (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १५ गते १८:२०
फागुनसम्ममा १२.१६ प्रतिशत मात्र पूँजिगत खर्च (भिडियो रिपोर्टसहित)

१५ चैत २०७८ सुर्खेत । कर्णाली प्रदेश सरकारले फागुन महिनासम्ममा १२ दशमलव १६ प्रतिशत मात्र पूँजिगत खर्च गरेको छ।

प्रदेश सरकारले असारसम्म ८० प्रतिशतसम्म पूँजिगत खर्च हुने दावी गरे पनि दोस्रो चौमासिक वित्दा पनि पूजिगत खर्च अत्यन्त न्युन छ। आर्थिक वर्ष २०७६(७७ मा १३ दशमलव ४ प्रतिशत, ०७७–७८ मा ७१ दशमलव ५३ प्रतिशत पूँजीगत खर्च गरेको प्रदेशले यो वर्षको फागुन महिनासम्ममा १२ दशमलव १६ प्रतिशत मात्र पूँजिगत खर्च गरेको हो ।

प्रदेशमा सबैभन्दा बढी मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१ दशमलव ३४ प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ४ दशमलव ६२ प्रतिशत बजेट खर्च गरेको छ ।

मन्त्रालयहरुले भने भौतिक प्रगति राम्रै भए पनि वित्तीय प्रगति मात्रै नदेखिएको दावी गरेका छन् । यो वर्ष पनि खर्च कम देखिनुमा दक्ष कर्मचारी अभाव, आयोजनाको प्राथमिकीकरण र विनियोजन दक्षता कमजोर रहेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले यस बर्ष ३६ अर्ब ७४ करोड ६७ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *