खेलकूद

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा नेपाल र पीएनजी भिड्दै

हिमालय टिभी
२०७८ चैत १४ गते ७:५१
त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा नेपाल र पीएनजी भिड्दै

१४ चैत २०७८ काठमाडौं । नेपाल,पपुवा न्यगिनी पिएनजी र मलेसिया सम्मिलित त्रिकोणत्मक ट्वेन्टी–ट्वेन्टी सिरिज आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

सिरिजको पहिलो खेलमा आज नेपालले पपुवा न्यगिनी (पीएनजी)सँग दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच १ पटक मात्र खेल भएको छ ।

आईसीसी ट्वेन्टीट्वेन्टी विश्वकप छनोट अन्तर्गत पीएनजीसँग सन् २०१५ मा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । ७ वर्षपछि फेरि ट्वेन्टीट्वेन्टी खेल्न लाग्दा त्यस समय टोलीमा रहेका करण केसी र सोमपाल कामी मात्र यस पटक पिएनजीविरुद्ध खेल्दैछन ।

सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्नेछ । मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ । यस सिरिजका ३ टोली मध्ये आईसीसीको वरियताका आधारमा नेपाल बलियो देखिएको छ ।

पछिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहँदा पीएनजी १९ र मलेसिया ३३ औं स्थानमा छ । घरेलु मैदानमा भएका ट्वेन्टीट्वेन्टी खेलमा राम्रो नतिजा निकालेको नेपालले यस सिरिजमा नयाँ खेलाडीलाई प्रयोग गर्ने लक्ष्य लिएको छ ।

त्रिवि मैदानमा ८ ट्वेन्टी ट्वेन्टी खेल्दा नेपालले ७ खेल जितेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिज ३ मा वटै टोलीले २२ खेल खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्