खेलकूद

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिज भोलिदेखि शुरु हुँदै

हिमालय टिभी
२०७८ चैत १३ गते १८:५९
त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिज भोलिदेखि शुरु हुँदै

१३ चैत २०७८ काठमाडौं । नेपाल, पपुवा न्यगिनी (पीएनजी) र मलेसिया सम्मिलित त्रिकोणत्मक ट्वेन्टी ट्वेन्टी सिरिज भोलिदेखि काठमाडौंमा हुँदैछ ।

सिरिजको पहिलो खेलमा भोलि नेपालले पपुवा न्यगिनी (पीएनजी)सँग दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच १ पटक मात्र खेल भएको छ ।

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट अन्तर्गत पीएनजीसँग सन् २०१५ मा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । ७ वर्षअघि फेरी ट्वेन्टी–ट्वेन्टी खेल्न लाग्दा त्यस समय टोलीमा रहेका करण केसी र सोमपाल कामी मात्र यस पटक पनि पीएनजीविरुद्ध खेल्दैछन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले पीएनजीसँगको एक दिवसीय र त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजका लागि दुई छुट्टा छुट्टै नेपाली टोलीको घोषणा गरेको थियो । एक दिवसीयमा टोलीमा नपरेका बलिङ अलराउण्डर करन केसीलाई यस टोलीमा समावेश गरिएको छ । एक दिवसीय सिरिज खेलेको टोलीमध्ये क्यानले त्रिकोणात्मक ट्वेन्टीट्वेन्टी सिरिजमा ८ खेलाडी परिवर्तन गरेको छ ।

त्यस्तै, सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्नेछ । मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ । यस सिरिजका ३ टोली मध्ये आईसीसीको वरियताका आधारमा नेपाल बलियो देखिएको छ ।

पछिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहँदा पीएनजी १९ र मलेसिया ३३ औं स्थानमा छ । घरेलु मैदानमा भएका ट्वेन्टी ट्वेन्टी खेलमा राम्रो नतिजा निकालेको नेपालले यस सिरिजमा नयाँ खेलाडीलाई प्रयोग गर्ने लक्ष्य लिएको छ । त्रिवि मैदानमा ८ ट्वेन्टीûट्वेन्टी खेल्दा नेपालले ७ खेल जितेको छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिज ३ वटै टोलीले २२ खेल खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्