खेलकूद

आईपीएलमा कोलकाताको विजयी शुरुवात

हिमालय टिभी
२०७८ चैत १३ गते ८:३०
आईपीएलमा कोलकाताको विजयी शुरुवात

१३ चैत २०७८ दिल्ली । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी शुरूवात गरेको छ ।

आईपीएलको उद्घाटन खेलमा कोलकाताले साविक विजेता चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित निकालेको हो । १३२ रनको मध्यम लक्ष्य कोलकाताले ९ बल अगावै मात्र ४ विकेटको नोक्सानीमा भेट्टाएको थियो ।

उसका लागि अजिंक्या राहानेले ४४, साम बिलिंग्सले २५ तथा नितिश रानाले २१ रन जोडे । त्यस्तै कप्तान श्रेयस अय्यर २० रनमा अविजित रहे । चेन्नईका ड्वेन ब्राभोले ३ विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।

चेन्नईका महेन्द्र सिंह धोनी ५० तथा कप्तान रबिन्द्र जडेजा २६ रनमा अविजित रहे ।

रोबिन उथप्पाले २८ रन बनाए । कोलकाताका उमेश यादवले दुई विकेट हात पारे । प्रतियोगिता अन्तर्गत आज आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्