खेलकूद

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालद्वारा पपुवा न्यूगिनीसामू २७९ रनको चुनौती प्रस्तुत

२०७८ चैत १२ गते १३:३३
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालद्वारा पपुवा न्यूगिनीसामू २७९ रनको चुनौती प्रस्तुत

१२ चैत २०७८ काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेट खेलमा पपुवा न्यूगिनीसामू नेपालले २७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा नेपालले देव खनाल र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी शतकीय साझेदारीसँगै निर्धारित ओभरमा ‍८ विकेट गुमाएर २७८ रन बनायो । देव र दीपेन्द्रले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।

टस जितेर ब्याटिङ थालेको नेपालले पाँच रनमै दुबै ओपनर गुमाए पनि देव र दीपेन्द्रले इनिंग्स सम्हाले । देव र दीपेन्द्र १२९ रनको कीर्तिमानी साझेदारी गरे । तेस्रो विकेटका लागि एक वर्षअघि ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले पीएनजीविरुद्ध नै ८९ रनको साझेदारी गरेका थिए ।

त्यस्तै नेपालका लागि हिजो नै पीएनजीविरुद्ध पाँचौ विकेटका लागि रोहित र आरिफ शेखबीच १०४ रनको साझेदारीको कीर्तिमान बनेको थियो । नेपालका लागि दीपेन्द्रले १०५ रनको शतकीय इनिंग्स खेले ।

पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा ‍१४० बलको सामना गरेका दीपेन्द्रले ७ चौका प्रहार गर्दै १०५ रन बनाए । त्यस्तै देव खनालले अन्तर्राष्ट्रिय एक दिवसीयमा पहिलो अर्धशतक बनाए । खनालले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाउँदा रोहित ३५ र भीम सार्की २६ रनमा पेभेलिएन फर्के ।

बलिङमा पीएनजीका एली नाउले तीन तथा नोरमन भानेउले दुई विकेट लिए । यसअघि हिजो पहिलो खेलमा रोहितले कीर्तिमान शतक आफ्नो नाममा लेखाएका थिए । नेपाल र पीएनजीबीच दुई एक दिवसीय शृंखलाको पहिलो खेलमा हिजो नेपाल ६ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्