खेलकूद

आज नेपाल र थाइल्याण्डबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल

हिमालय टिभी
२०७८ चैत १० गते ८:०६
आज नेपाल र थाइल्याण्डबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल

१० चैत २०७८ काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले चोनबरीमा घरेलु टोली थाइल्याण्डसँग खेल्न लागेको हो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे शुरू हुनेछ । यस्तै नेपालले त्यहाँको क्लब चोनबरी एफसीसँग पनि आइतबार मैत्रीपूर्ण खेल खेल्नेछ । एसियन कप छनोटमा नेपाल समूह ए मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेल कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।

नेपालले जुन ८ तारिखमा जोर्डनसँग खेल्दै छनोटको शुरूवा गर्नेछ । त्यसपछि दोस्रो खेलमा जुन ११ मा कुवेत र जुन १४ मा इण्डोनेसियासँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्