आर्थिक

नेपाल भित्रियो प्रोटोन X70 पछि प्रोटोन X50 (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ९ गते २०:४६
नेपाल भित्रियो प्रोटोन X70 पछि प्रोटोन X50 (भिडियो रिपोर्टसहित)

९ चैत २०७८ काठमाडौं । प्रोटोन एक्स सेभेन्टीको सफलता पछि प्रोटोन गाडीको आधिकारिक वितरक, जगदम्बा मोटर्सले प्रोटोनको कप्याक्ट सव प्रोटोन एक्स फिफ्टी भित्र्याएको छ ।

आज आयोजित कार्यक्रममा जगदम्बा मोटर्सले नयाँ मोडलको गाडी सार्वजनिक गर्‌यो । यो गाडी चालकहरुका लागि निकै सहज हुने कम्पनीले दाबी गरेको छ ।

यसमा ८ इन्च को इन्फोटेनमेन्ट स्क्रिन, आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू छन्।

आकर्षक डिजाइनमा आएको प्रोटोन एक्स फिफ्टी थ्री सिलिण्डर इन्जिनको साथ रहेको छ । जगदम्बाका कार्यकारी निर्देशक दिपक अग्रवालले प्रोटोन एक्स फिफ्टी ड्राइभसेभको हिसाबले उत्कृष्ट रहेको बताउनुभयो ।

प्रोटोन एक्स फिफ्टीमा उपयोगी अटोपार्क सुविधा समेत रहेको कम्पनीले जनाएको छ। जसले पार्किङमा सहज हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *