खेलकूद

१८ वर्षमुनिको साफ महिला फूटबलमा आज नेपालले बंगलादेशको सामना गर्दै

हिमालय टिभी
२०७८ चैत ९ गते ८:३६
१८ वर्षमुनिको साफ महिला फूटबलमा आज नेपालले बंगलादेशको सामना गर्दै

९ चैत २०७८ काठमाडौं । १८ वर्ष मुनिको साफ महिला फूटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

भारतमा जारी प्रतियोगिताको चौथो तथा अन्तिम खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको लक्ष्य आज पहिलो जित निकाल्ने हुनेछ ।

नेपाल पहिलो खेलमा भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ ले पराजित भएको थियो । ३ खेलमा अंकविहीन नेपाल तालिकाको पुछारमा छ ।

त्यस्तै बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ भने आयोजक भारत शतप्रतिशत जितसहित ९ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल, भारत र बंगलादेश सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन लीगको आधारमा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । झारखण्डको जमसेदपुरस्थित जेआरडी टाटा स्पोर्टस् कम्प्लेक्स रंगशालामा खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्