एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आज
८ चैत २०७८ काठमाडौं । १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आज हुँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्चले यस संस्करणमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने जनाएको छ ।कोरोना महामारीका कारण कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरिने जनाएको छ।
अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयनमा पाँच खेलाडी रहेका छन् । जसमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा,टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् ।
पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान,स्पेसल अवार्ड,लाइफ टाइम एचिभमेन्ट टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा गरिने छ ।
यस वर्ष पनि वर्षका पुरुष,महिला,प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ । अवार्ड कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ः४५ बजे शुरु हुनेछ ।
प्रतिक्रिया