खेलकूद

नेपाल युएईसँग पराजित

हिमालय टिभी
२०७८ चैत ७ गते २१:००
नेपाल युएईसँग पराजित

७ चैत २०७८ काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ ।

दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । उनले ६५ बल खेल्दै दुई चौकाको मद्दतमा ३० रन बनाएका हुन् । त्यस्तै सुरुआती ब्याट्सम्यान पवन सर्राफले दुई रन बनाए भने कुशल भुर्तेलले पाँच रन जोडे ।

त्यस्तै रोहित पौडेलले नौ रन जोेडे भने आरिफ शेखले १५ तथा विनोद भण्डारीले १२ तथा सोमपाल कामीले १५ रन बनाए । युएईका जुनाइद सिद्दिकीले चार विकेट लिए भने कासिफ दौद र अहमेद राजाले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २०२ रन जोड्यो । युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए भने मुहम्मद रिजवानले ३३ तथा चिराग सुरीले २६ रनको योगदान गरे । भृत्या अरविन्दले २४ रन बनाउँदा बसिल हमिद १७ रनमा आउट भए ।

बलिङमा सन्दीप लामिछानेले तीन तथा करण केसी र सोमपाल कामीले समान दुई/दुई विकेट हात पारे भने आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक÷एक विकेट लिए ।

उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल भोलि पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्