खेलकूद

साफ च्याम्पियनशिपः नेपाल र भारत भिड्ने

हिमालय टिभी
२०७८ चैत ७ गते १६:०८
साफ च्याम्पियनशिपः नेपाल र भारत भिड्ने

७ चैत २०७८ काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ । तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनशिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गरेको थियो । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको उक्त च्याम्पियनशिपमा नेपालले अङ्क जोड्न सकेको छैन ।

दुई खेलमा अङ्कविहीन रहेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–२ गोलअन्तरले पराजित भएको थियो ।

त्यस्तै यसअघि दुई खेल खेलेको भारतले दुवै खेलमा जीत हात पार्दै ६ अङ्क जोडेको छ । भारत अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ । समान दुई खेल नै खेलेको बङ्गलादेशको ३ अङ्क छ । बङ्गलादेश दोस्रो स्थानमा छ । च्याम्पियनशिपमा शीर्षस्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.