खेलकूद

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग दोस्रो खेल खेल्दै

हिमालय टिभी
२०७८ चैत ७ गते ९:००
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग दोस्रो खेल खेल्दै

७ चैत २०७८ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लीग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज यूएईको सामना गर्दैछ ।

दुबई क्रिकेट रंगशालामा बिहान ११ः१५ बजे नेपालले घरेलु टोली यूएईको सामना गर्न लागेको हो । आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।

यता, युएई सिरिजको आफ्नो अन्तिम खेलमा तेस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाललाई हराएको यूएई पीएनजीसँग तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा ५ पटक आमनेसामने भएका छन् । जसमा नेपालले २ पटक जित्दा यूएई ३ पटक विजयी भएको छ । लीग टु मा कुल ७ टिम सहभागी रहेका छन् ।

नेपालले १० खेलमा ५ जित निकाल्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्