खेलकूद

फ्रेन्च लीग वान फूटबलमा शीर्ष स्थानको पीएसजी मोनाकोसँग पराजित

हिमालय टिभी
२०७८ चैत ७ गते ८:४३
फ्रेन्च लीग वान फूटबलमा शीर्ष स्थानको पीएसजी मोनाकोसँग पराजित

७ चैत २०७८ काठमाडौं । फ्रेन्च लीग वान फूटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन पीएसजी मोनाकोसँग पराजित भएको छ ।

गएराति भएको खेलमा पीएसजी मोनाकोसँग ३–० ले पराजित भएको हो। घरेलु मैदानमा मोनाकोका लागि विसम बेन एडरले २ र केभिन भोलान्ड एक गोल गरेका थिए ।

जितसँगै ४४ अंक जोडेको मोनाको सातौं स्थानमा छ । पीएसजी ६५ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्