खेलकूद
म्यानचेस्टर सिटी एफए कप फूटबलको सेमिफाइनल प्रवेश
२०७८ चैत ७ गते ८:३३

७ चैत २०७८ काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फूटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको क्वार्टरफाइनलमा साउथह्याम्पटनलाई ४–१ ले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो ।रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टेले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो । खेलको ६२ औं मिनेटमा केभिन डी ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।
७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए ।
प्रतिक्रिया