खेलकूद

दमक गोल्डकपको उद्घाटन खेलमा दमक एघार र बागमती युथ क्लब भिड्ने

हिमालय टिभी
२०७८ चैत ६ गते १८:३५
दमक गोल्डकपको उद्घाटन खेलमा दमक एघार र बागमती युथ क्लब भिड्ने

६ चैत २०७८ झापा । दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दमक एघार र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक नगर खेलकुद विकास समितिले आज सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा आयोजक दमकले बागमतीको सामना गर्ने भएको हो ।

चैत ९ देखि १८ गतेसम्म हुने प्रतियोगिता दमकको मदन भण्डारी रंगशालामा हुनेछ । प्रतियोगितामा आयोजक र बागमतीसहित ३ विदेशी र ५ ए डिभिजन क्लब सहभागी हुनेछन ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल र विधागत उत्कृष्टहरुले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्