खेलकूद

प्रिमियर लीगमा लिभरपुल, म्यानचेष्टर युनाइटेड र ब्रेन्टफोर्ड विजयी

हिमालय टिभी
२०७८ फागुन २९ गते ७:४९
प्रिमियर लीगमा लिभरपुल, म्यानचेष्टर युनाइटेड र ब्रेन्टफोर्ड विजयी

२९ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल, म्यानचेष्टर युनाइटेड र ब्रेन्टफोर्ड विजयी भएका छन् ।

गएराति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनलाई २–० गोलले हराएको हो । लिभरपुललाई जित दिलाउन लुइस डायज र मोहमेद सलाहले एक(एक गोल गरे । अवे मैदानमा डायजले १९ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए।

त्यसपछि ६१ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको दूरी ३ अंकमा झारेको छ । सिटीको २८ खेलमाबाट ६९ अंक हुँदा समान खेलबाट लिभरपुलको ६६ अंक भएको छ ।

उता म्यानचेष्टर युनाइटेडले टोटेनह्याममाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरे ।

रोनाल्डोले १२औं, ३८औं र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । टोटेनह्यामका लागि ३५औं मिनेटमा ह्यारी केनले एक गोल गर्दा एक गोल उसले आत्मघातीको रुपमा पाएको थियो ।

जितपछि चौथो स्थानमा उक्लिएको युनाइटेडले २९ खेलबाट ५० अंक जोडेको । लीग अन्तर्गत नै ब्रेन्टफोर्डले बर्नलीलाई २० ले पराजित गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्