खेलकूद

मनाङले जित्यो सर्वाधिक राशीको खप्तड गोल्डकपको उपाधि

हिमालय टिभी
२०७८ फागुन २८ गते १९:११
मनाङले जित्यो सर्वाधिक राशीको खप्तड गोल्डकपको उपाधि

२८ फागुन २०७८ धनगढी । मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धनगढी रंगशालामा भएको फाइनल खेलमा मनाङले फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए ।

खेलको ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।

उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ । सुदूरपश्चिम – ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्