खेलकूद

एमा रादुकानु इण्डियन वेल्स टेनिसको तेस्रो चरणमा प्रवेश

हिमालय टिभी
२०७८ फागुन २८ गते ७:३७
एमा रादुकानु इण्डियन वेल्स टेनिसको तेस्रो चरणमा प्रवेश

२८ फागुन २०७८ लण्डन । बेलायती खेलाडी एमा रादुकानु इण्डियन वेल्स टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।

१९ वर्षीया किशोरी रादुकानुले फ्रान्सकी क्यारोलिन गार्सियालाई २–१ को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेकी हुन् ।

पहिलो सेट ६–१ ले जितेकी रादुकानुले दोस्रो सेट ३–६ ले गुमाएकी थिइन् । त्यसपछि अन्तिम सेटमा भने उनी ६–१ ले विजयी भइन् ।

युएस ओपन विजेतासमेत रहेकी रादुकानुले चौथो चरण प्रवेशका लागि क्रोएशियाकी पेट्रा मार्टिसको सामना गर्नेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्