खेलकूद

खप्तड गोल्डकपमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब भिड्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २७ गते २०:५१
खप्तड गोल्डकपमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब भिड्दै (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७८ धनगढी । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल भोलि धनगढीमा हुँदैछ । उपाधिका लागि पूर्व च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।

फ्रेण्ड्स क्लबले पहिलो पटक सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल्न लागेको हो । ललितपुरे टोलीको सुदूरपश्चिम यात्रा नै पहिलो हो । सेमिफाइनलमा बाग्मती युथ क्लबलाई हराएर फाइनलमा पुगेको फ्रेण्ड्स क्लबका खेलाडीको मनोबल उच्च छ । मनाङ मर्स्याङ्दीविरुद्ध उत्रिँदै गर्दा अघिल्ला खेलमा पाएको सफलता खेलाडीका लागि उर्जाको श्रोत बन्न सक्छ ।

नेपाली फूटबल जायन्ट मनाङ मर्स्याङ्दीले सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचै संस्करण खेलेको छ । पहिलो संस्करणमा च्याम्पियन बनेको मनाङले त्यसयताका संस्करणमा उपाधि दाबी गर्न सकेको छैन ।

भर्खरै सम्पन्न शहीद स्मारक ए डिभिजन लिगमा भएको यी दुईबीचको भेटमा मनाङ विजयी भएको थियो । तुलनात्मक रुपमा कमजोर र परिचित प्रतिद्वन्द्वी फ्रेण्ड्सविरुद्ध राम्रो नतिजा ल्याउनेमा मनाङका कप्तान अञ्जन विष्ट आशावादी छन् ।

बिहीबार मात्र सेमिफाइनल खेलेको फ्रेण्ड्सका खेलाडीलाई आरामको कमी छ । मनाङले भने फाइनलअघि ७२ घण्टाको आराम पाएको छ । तर, पनि फाइनलमा उच्च प्रदर्शन गर्ने फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्र विश्वस्त छन ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्