खेलकूद

८ महिने बच्चा च्यापेर खेल मैदानमा पञ्चमाया, यस्तो छ कथा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २४ गते १८:४२
८ महिने बच्चा च्यापेर खेल मैदानमा पञ्चमाया, यस्तो छ कथा (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७८ काठमाडौं । परिवारको साथ पाए महिलाहरु जुनसुकै क्षेत्रमा आफूलाई स्थापित गर्न सफल हुन्छन्। केही महिला विवाहका कारण आफ्नो यात्रा धरमराउने गरेको पाइन्छ । जस्तोसुकै बाधा अड्चन आएपनि आफ्नो लक्ष्यलाई निरन्तरता दिने महिलाहरु भने हातमा गन्न सकिने संख्यामा मात्रै छन् ।

पारिवारिक बन्धनमा बाँधिएपछि महिलाले आफ्नो गन्तव्य र लक्ष्य नै त्याग्ने नेपाली समाजमा टोखाकी रग्वी खेलाडी पञ्चमाया श्रेष्ठ फरक बन्नुभएको छ । उहाँले विवाहपछि पनि खेललाई निरन्तरता दिंदै आउनुभएको छ । काखमा ८ महिनाकी छोरी च्यापेर रग्वी खेल्ने उहाँको दैनिकी हो । सुरुवातमा परिवारबाट हौसला नपाएपनि आफ्नो लक्ष्यलाई भने उहाँले पछ्याइरहनुभयो ।

परिवारको साथ आवश्यक भएपनि आफ्नो लक्ष्य पूरा गर्न आफैं दत्तचित्त हुनुपर्ने पञ्चमायाको धारणा छ । आफ्नो लक्ष्यमा विचलित नभइ आफू निरन्तर लागिपरेको उहाँको भनाइ छ ।

खेल खेल्ने क्रममा चोटपटकभन्दा बढी पञ्चमायालाई खेल खेल्न पाउनु नै ठूलो कुरा हुन्थ्यो ।

अन्य देशमा रग्वी निकै चर्चित खेल हो तर नेपालमा भने यो खेललाई राज्यले चिन्न नसकेको खेलाडीको गुनासो छ । रग्वी खेल भनेको के हो त ?

रग्वीलाई चुनौतिपूर्ण खेलका रुपमा लिइन्छ । अन्य खेलमा जस्तो यसमा पैसा नहुने बरु आफै लगानी गरेर खेल्नुपर्ने अवस्था छ । राष्ट्रिय रुपमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पनि उहाँले खेल जितिसक्नुभएको भएको छ ।

महिला हरेक कुरामा सक्षम छन र गर्न सक्छन भन्ने उहाँहरु एक उदाहरणीय पात्र हुनुहुन्छ । आफ्नो सपना पूरा गर्न आफै निरन्तर लागिरहनुपर्ने देखिन्छ । लक्षमा पुग्न र नेतृत्वदायी भूमिकामा पुग्न परिवारको सहयोग त अपरिहार्य छ नै महिला आफैंपनि काममा आउने बाधा अड्चनको प्रवाह नगरी निरन्तर लागिपर्नुपर्ने आजको आवश्यकता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्