खेलकूद
खप्तड गोल्डकपमा आज मछिन्द्र र बागमती भिड्दै
२०७८ फागुन २४ गते ८:४६
२४ फागुन २०७८ धनगढी । पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फूटबल प्रतियोगितामा आज मछिन्द्र फूटबल क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
आज हुने एकमात्र खेलमा ए डिभिजन लीग विजेता मछिन्द्र र बागमती भिड्न लागेका हुन् । आज दुबै टोलीको लक्ष्य सेमिफाइनल पुग्ने हुनेछ ।
आजको विजेताले सेमिफाइनलमा फ्रेण्ड्स क्लबको सामना गर्नेछ । लीग च्याम्पियन मछिन्द्रले सिधै क्वाटरफाइनल खेल खेल्न लागेको हो ।
बागमतीले भने एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । धनगढी रंगशालामा आजको खेल दिउँसो ३ बजे शुरू हुनेछ ।
यसैबीच नारी दिवसका अवसरमा आजको खेलमा महिलालाई निशुल्क प्रवेश दिइनेछ ।
प्रतिक्रिया