खेलकूद

प्रिमियर लीग फूटबलमा एभर्टनमाथि टोटेनह्यामको शानदार जित

हिमालय टिभी
२०७८ फागुन २४ गते ८:४१
प्रिमियर लीग फूटबलमा एभर्टनमाथि टोटेनह्यामको शानदार जित

२४ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा टोटेनह्यामले शानदार जित निकालेको छ ।

लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा टोटेनह्यामले एभर्टनमाथि ५–० को फराकिलो जित निकालेको हो । घरेलु मैदानमा टोटेनह्यामले आत्मघाती गोलसँगै अग्रता लिएको थियो ।

१४औं मिनेटमा एभर्टनका माइकेल केनीको प्रहार आफ्नै गोल पोष्टभित्र गएको थियो । लगत्तै १७औं मिनेटमा सन ह्यूङ मिनले टोटेनह्यामको अग्रता दोब्बर पारेका थिए ।

त्यसपछि ह्यारी केनले दुई र सर्जियो रिगुलियनले एक गोल थपेपछि टोटेनह्याम ५(० ले विजयी भयो ।

जितसँगै सातौ स्थानको टोटेनह्यामले २६ खेलबाट ४५ अंक जोडेको छ । पराजित एभर्टन २५ खेलबाट २२ अंकसहित १७औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्