खेलकूद

प्रिमियर लीग फूटबलमा लिभरपुल र चेल्सी विजयी

हिमालय टिभी
२०७८ फागुन २२ गते ८:४१
प्रिमियर लीग फूटबलमा लिभरपुल र चेल्सी विजयी

२२ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल र चेल्सी विजयी भएका छन् ।

प्रिमियर लीगमा गएराति दोस्रो स्थानको लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई १–० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा २७औं मिनेटमा साडियो मानेले गरेको गोल नै निर्णायक रह्यो ।

जितपछि लिभरपुलले २७ खेलबाट ६३ अंक जोड्दै म्यानचेष्टर सिटीसँगको अग्रता ३ अंकमा झारेको छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ ।

अर्को खेलमा चेल्सीले बर्नलीमाथि ४–० को फराकिलो जित निकाल्यो । चेल्सीको जितमा काई हाभर्जले दुई तथा रिसी जेम्स र क्रिष्टियन पुलिसिकले एकएक गोल गरे । तेस्रो स्थानको चेल्सीले २६ खेलबाट ६३ अंक जोडेको छ ।

लीगअन्तर्गत नै एष्टन भिल्लाले साउथह्याम्टनमाथि ४–०, ब्रेन्टफोर्डले नर्विच सिटीमाथि ३–१, क्रिष्टल प्यालेसले उल्फ्समाथि २–०, न्यूक्यासल युनाइटेडले ब्राइटनमाथि २–१ र लेष्टर सिटीले लिड्स युनाइटेडमाथि १० को जित निकाले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्