राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गर्दै

२१ फागुन २०७८ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गर्दैछ ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लीग–टु अन्तर्गत यूएईमा हुने एक दिवसीय त्रिकोणात्मक शृंखलाको तयारीका लागि टोली श्रीलंका जान लागेको हो ।
श्रीलंकामा नेपालले त्यहाँको पहिलो श्रेणीका क्बसँग ४ वटा अभ्यास खेल खेल्ने छ । नेपाली टोली श्रीलंकाबाटै फागुन ३० गते यूएई जाने तालिका छ। यूएईमा नेपालले आयोजक यूएई र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।
शृंखलाको पहिलो खेल नेपालले चैत्र २ गते पीएनजीसँग खेल्नेछ । त्यसपछि दोस्रो खेलमा यूएईसँग चैत्र ४ तथा तेस्रो खेलमा यूएईविरुद्ध नै चैत्र ७ गते खेल्नेछ ।
त्यस्तै चौथो तथा अन्तिम खेलमा पीएनजीसँग चैत्र ८ मा प्रतिस्पर्धा गर्नेछ । लीग–टु अन्तर्गत सात टोली सहभागि हुनेछन् ।
ओमान २३ खेलबाट ३० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैटौ स्थानमा छ ।
प्रतिक्रिया