लिभरपुल, चेल्सी र साउथह्याम्टन एफ ए कप फूटबलको छैटौं चरणमा प्रवेश
१९ फागुन २०७८ काठमाडौं । लिभरपुल, चेल्सी र साउथह्याम्टन एफ ए कप फूटबलको छैटौं चरणमा प्रवेश गरेका छन् ।
पाँचौ चरणअन्तर्गत लिभरपुलले नर्विच सिटीलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का पारेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलका टाकुमी मिनामिनोले २७औं र ३९औं मिनेटमा गोल गरेका थिए ।
नर्विचकातर्फबाट ७६ औं मिनेटमा लुकुस रुपले एक गोल फर्काए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
यस्तै चेल्सीले लुटन टाउनमाथि ३–२ को संघर्षपूर्ण जित निकालेर छैटौं चरणमा स्थान बनायो । घरेलु मैदानमा लुटनले दोस्रो मिनेटमै रिसे बुर्कीको गोलबाट अग्रता बनायो ।
२७औं मिनेटमा चेल्सीका साउल निगुएजले गोल फर्काए । लगत्तै ४०औं मिनेटमा ह्यारी कोरनिकले गोल गर्दै लुटनलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि ६८औं मिनेटमा टीमो वेरनेर र ७८औं मिनेटमा रोमेलु लुकाकुले गोल थपेपछि चेल्सी ३–२ ले विजयी भएको हो ।
उता अर्को खेलमा साउथह्याम्टनले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले ले हराउँदै क्वार्टरफाइनल पुग्यो ।
प्रतिक्रिया