खेलकूद

प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी

हिमालय टिभी
२०७८ फागुन १४ गते ८:११
प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी

१४ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा साउथह्याम्टनले नर्विच सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान सेन्ट मेरी रंगशालामा ची एडम्सको गोलबाट साउथह्याम्टनले अग्रता लिएको थियो ।

त्यसपछि ८८औं मिनेटमा ओरिओल रोमेउले गोल थप्दै साउथह्याम्टनको अग्रता दोब्बर पारेका थिए ।

जितसँगै २६ खेलबाट ३५ अंक जोड्दै साउथह्याम्टन नवौं स्थानमा उक्लिएको छ । नर्विच तालिकाको पुछारमा रहेको टोली हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्