खेलकूद

कोरोनाका कारण रोकिएको खप्तड गोल्डकप यो वर्ष हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १३ गते २०:५०
कोरोनाका कारण रोकिएको खप्तड गोल्डकप यो वर्ष हुने (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७८ धनगढी । कोरोनाका कारण रोकिएको खप्तड गोल्डकप यो वर्ष हुने भएको छ । प्रतियोगिता हुने भएपछि आयोजकसँगै सुदूरपश्चिमका खेलप्रेमी उत्साहित छन् ।

सुदूरपश्चिमकै प्रतिष्ठित फूटबल प्रतियोगिता खप्तड गोल्डकपको अघिल्ला दुई संस्करण कोरोना महामारीका कारण हुन सकेन । निजी क्षेत्रबाट आयोजना गरिएकोमध्ये सबैभन्दा ठूलो पुरस्कार राशीको यो प्रतियोगितालाई सुदूरपश्चिमका खेलप्रेमीले अति नै मन पराए । कोरोना महामारीबीच राष्ट्रिय स्तरका टोलीको प्रतिष्पर्धा प्रत्यक्ष हेर्न नपाएका दर्शक यो संस्करणका लागि उत्साहित छन् ।

आयोजक सुदूरपश्चिम(११ स्पोटर्स क्लबले प्रतियोगिताको तयारी तीब्र पारेको छ । प्रतियोगितालाई रोमाञ्चक बनाउनका लागि दुईवटा विदेशी टोली बोलाइएको छ ।

बुधबार साँझ खेल तालिका सार्वजनिक गरिएको छ । मैदान मर्मतका काम पनि जोडतोडका साथ चलिरहेको छ । यो पटक विजेताले २१ लाख रुपैंया पुरस्कार जित्नेछ । जुन, नेपाली फुटबल इतिहासमा निजी क्षेत्रले आयोजना गरेको प्रतियोगितामा सबैभन्दा उच्च पुरस्कार राशी हो । उपविजेताले पनि १० लाख पाउनेछ ।

कोरोना कहरले ठप्प बनाएको खेलकुद गतिविधिलाई चलायमान बनाउनका लागि सुदूरपश्चिम सरकारले पनि सहयोग गरेको छ । प्रदेशको खेल क्षेत्रलाई बलियो र प्रवर्धन गर्नका लागि सरकारले सहयोग गरेको जनाएको छ ।

सुदूरपश्चिममा आयोजना हुने एकमात्र गोल्डकपको यो संस्करण आयोजनाका लागि डेढ करोड लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्