खेलकूद

ए डिभिजन लीग फूटबलका दुवै खेल बराबरीमा टुंगियो

हिमालय टिभी
२०७८ फागुन १३ गते १६:४१
ए डिभिजन लीग फूटबलका दुवै खेल बराबरीमा टुंगियो

१३ फागुन २०७८ काठमाडौं । सहिद स्माकरक ए डिभिजन लीग फूटबल प्रतियोगिताअन्तर्गत आज भएको जाउलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आफ्नो अन्तिम खेलमा जाउखेल र सङ्कटाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा सङ्कटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए ।

खेलको १४औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ६१औँ मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सङ्कटाले लिगमा १३ खेलबाट ३ जीत, ७ बराबरी र ३ हारसहित १६ अङ्क जोड्यो । यता जावलाखेलले १३ खेलबाट ३ जित, ५ बराबरी र ५ हारसहित १४ अङ्क जोड्यो ।

थ्री स्टार र ब्रिगेड ब्वाइजको बराबरी
त्यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आजै भएको अर्को खेलमा थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबवीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

खेलमा पहिलो अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको ५६औँ मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा थ्रीस्टारका डोना थापाले गोल गरेपछि खेल एकएक गोलको बराबरीमा सकियो ।

यस बराबरीसँगै थ्रीस्टारले १३ खेलमा १९ अङ्क जोडेको छ । ब्रिगेड व्वाइजले १३ खेलमा ८ अङ्क जोड्यो । यस सिजको लिगमा ब्रिगेड ब्वाइज रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्